८ भदौ, टीकापुर । कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको भन्दै चार जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरले चारजना पक्राउ परेको पुष्टि गरे पनि परिचय भने खुलाएको छैन ।
टीकापुर प्रहरीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भैरहेकाले परिचय गोप्य राखिएको जनाएको छ ।
सोमबार टीकापुरमा भएको झडपमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । झडपमा ५० भन्दा बढी घाइते भएका छन् ।
झडपमा मृत्यु भएकाहरुको शव आफन्तलाई बुझाउने क्रम जारी छ ।