काठमाडौं । प्रेस काउन्सिल नेपालले संयमित, जिम्मेवार र उत्तरदायी भएर समाचार सामग्री प्रकाशन/प्रकाशन गर्न सञ्चारमाध्यम र पत्रकारहरुलाई आग्रह गरेको छ।

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले सोमबार विज्ञप्ति निकालेर कैलाली जिल्लाको टिकापुरमा भएको हिंसात्मक घटनाका विषयमा सञ्चारमाध्यमबाट प्रकाशित प्रकाशित समाचार साम्रगीप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

‘परिस्थितिलाई अरु बिग्रन र उत्तेजित हुन नदिनको लागि संयमित, जिम्मेवार र उत्तरदायी भइ सदाझैँ समाचार सामग्री प्रकाशन प्रशारण गर्न सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारहरुलाई प्रेस काउन्सिल नेपाल हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।