काठमाडौं , ७ भदौ । आदीवासी जनजाती महासंघले आव्हान गरेको दुईदिने नेपाल बन्दको दोस्रो दिन भदौ ७ गते सवारी साधनमा ढुंगामुढा प्रहार गर्ने तथा शंकास्पद रुपमा पेट्राल बोकी हिडीरहेका ३ जना सहित उपत्यकाका विभिन्न स्थानबाट ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये १ जनालाई छानविन पश्चात रिहा गरीएको छ । साथै प्रहरीद्वारा आइतबार राति स्कर्ट गरी पठाएको सवारी साधन विवरण।

पुर्व क्षेत्रः
पश्चिमबाट पुर्व आएका २५ वटा र जोगवनीबाट ९८ वटा मालबाहक ट्रकलाई टंकीसिनुवारीतर्फ साथै टंकीसिनुवारीबाट बिराटनगर भंसारतर्फ ११२ वटा मालबहाक सवारी साधन

मध्य क्षेत्रः
बिरगंजबाट ईन्धन बोकेका १३८ वटा सवारी साधन र पुर्वबाट आएका ५६ वटा तथा पश्चिमबाट आएका ५९ वटा सवारी साधन

पश्चिम क्षेत्रः
नवलपरासी, प्रहरीले पश्चिमबाट पुर्वतर्फ ३५३ र पुर्वबाट पश्चिमतर्फ ३५७ वटा सवारी साधन

मध्यपश्चिम क्षेत्रः
पूर्वतर्फ ६२ र पश्चिमतर्फ १२९ सवारी साधन

सुदुरपश्चिम क्षेत्रः
पूर्वतर्फ बस २२, ट्रक ३५, जीप २ वटा र पश्चिमबाट आएका बस २५, ट्रक २८, जीप ५ वटालाई स्कर्ट गरी गन्तव्यतर्फ पठाएको छ ।(नेपाल प्रहरी)