काठमाडौं । व्यवस्थापिका संसदले आज आर्थिक वर्ष २०७२/७३ को बजेट पारित गर्ने भएको छ ।संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने संसद बैठकले सरकारका तर्फबाट अर्थमन्त्री रामशरण महतले पेश गर्नुभएको बजेटलाई पारित गर्ने कार्यक्रम रहेको छ ।

विनियोजन विधेयकमाथिको छलफल सक्किएपछि बजेटलाई पारित गर्न लागिएको हो । बजेटमाथि उठेका प्रश्नको आजै अर्थमन्त्री महतले जवाफ दिनुहुनेछ ।