काठमाडौं। नेपाल र चीनबीच थप तीनवटा व्यापारिक नाका खोल्ने सहमति भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालबीचको व्यापार सहजीकरण समितिको शनिबार सम्पन्न छैंठौ बैठकमा नेपालले राखेको प्रस्तावमा यो सहमति भएको हो ।
दुई देश बीचको व्यापार प्रबद्र्धन गर्न दोलखाको लामाबगर, गोर्खाको छेकम्पार र लार्के र मुगुमा गरी थप तीनवटा नयाँ नाका खोल्ने सहमति भएको बैठकमा नेपाली पक्षको नेतृत्व गरेका वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले जानकारी दिए ।
 दुई देशबीच हाल ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथान्का, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी, मुस्ताङ् र हुम्लाको यारी गरी ६ वटा व्यापारिक नाका छन् ।