काठमाडौं । आइतबार दिउँसो काठमाडौंसहित मध्य नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो २ बजेर ४७ मिनेटमा दोलखाको गौरीशंकर संरक्षण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।