राजधानीको सामाखुसीमा प्रहरी र गुन्डा नाइके कुमार घैंटेबीच गोली हानाहान भएका घैंटेलाई उपचारको लागि शिक्षण अस्पताल लगिएको थियो । शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख डा. प्रताप नारायणप्रसाद साहले मृत घोषणा गरेका हुन् । प्रहरीको गोली लागि थप दुई जना घाइते भएका छन् । उनीहरु घैंटेको समूहका व्यक्ति भएको महानगरीय अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए छन्।