राजधानीको सामाखुसीमा प्रहरी र गुन्डा नाइके कुमार घैंटेबीच गोली हानाहान भएको छ। प्रहरी देख्नासाथ घैटेले गोली चलाएपछि प्रतिकारमा प्रहरीले गोली चलाएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए।

अवैध चन्दा असुली र गुन्डा गर्दीको आरोप लागेका घैंटेलाई प्रहरीले मोस्ट वान्टेट सूचीमा राखेको थियो। प्रहरीले खोजी गरिरहेको घैंटेलाई कपुरधारामा भेटेपछि प्रहरी देख्नासाथ घैंटेलो गोली चलाएका थिए। लगत्तै प्रहरीले गोली प्रहार गर्दा उनीसहित तीन जना घाइते भएका छन्।

सामाखुसीको कपुरधारामा साढे ११ बजे अपराध अनुसन्धान महाशाखाबाट खटेको प्रहरीको टोलीमाथि घैटेले आक्रमण गरेका थिए। घैंटेको गोली भूइँमा लागेको प्रहरीले जनाएको छ।