३ भदौ, काठमाडौं । राजनीतिक अस्थिरताले देशभित्र रोजगारका अवसर सिर्जना हुन नसक्दा निकै ठूलो संख्यामा नेपाली युवायुवती रोजगारको खोजिमा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको रोजगारको खोजीमा वैधानिक तरिकाले तेस्रो मुलुक पुगेको नेपालीको तथ्यांकले सबैलाई आश्चर्य पार्छ ।
विभागको तथ्यांक बोल्छ, ‘२१ वर्षमा वैधानिक तरिकाले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या करिब ४५ लाख पुगेको छ ।’
विभिन्न समय बिदेसिएको भए पनि रोजगारको सिलसिलामा बिदेसिने कूल संख्या नेपालको कुल जनसंख्याको १७ प्रतिशत हो । सन् २०११ को जनगणनाले नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय ४ देखाएको छ ।
अधिकांश नेपाली कामदार खाडी राष्ट्र र मलेसिया पुगेका छन् । निकै कम मात्र दक्षिण कोरिया, जापान र इजरायल पुगेको पुगेका छन् ।