३१ साउन, काठमाडौं । बन्द गराउँदै हिँडेका संघीय समाजवादी फोरमा सह-अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ५३ जना बन्दकर्ता पक्राउ परेका छन्। भोटाहिटीबाट श्रेष्ठसहित ३० जनालाई र काठमाडौंका विभिन्न ठाउँबाट २३ जनालाई पक्राउ गरेको प्रहरीका एसपी विश्वराज पोखरेलले दैनीकलाई बताए।

६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट वैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलेका छैनन्। बन्दकर्ताले बबरमहलमा बा २ ख ९६६१ नम्बरको बसमा तोडफोड गर्नु बाहेक अन्य स्थिति शान्तिपूर्ण रहेको पोखरेलले बताए।