काठमाडौं । सुनको भाउ एकै दिन पाँचसय रुपैयाँले बढेको छ । निरन्तर ओरालो लागेर ४७ हजार पाँचसय रुपैयाँसम्म झरेको सुनको भाउ मंगलबार पाँचसय रुपैयाँले बढेको हो । मंगलबार सुनको भाउ ४८ हजार दुईसय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार तोलाको ४७ हजार सातसय रुपैयाँमा किनबेच भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि तोलाको १५ रुपैयाँले बढेर ६ सय ८० रुपैयाँ पुगेको छ । यसअघि चाँदीको भाउ ६ सय ६५ रुपैयाँ थियो ।