सुर्खेत,
२५
साउन–
सुर्खेतमा
अखण्ड
मध्यपश्चिमको
माग
गर्दै
भएको
आन्दोलनमा
एकजना
आन्दोलनकारीको
मृत्यु
भएको
छ
।
प्रदर्शनले
उग्र
रुप
लिएपछि
प्रहरीले
हानेको
गोलि
लागेर
एकजनाको
मृत्यु
भएको
हो
भने
अन्य
चारजना
घाइते
भएका
छन्
।
घटनापछि प्रहरीले त्यहाँ राति ९ बजेसम्मका लागि कफ्यु लगाएको छ । प्रदर्शनकारीले कांग्रेसका सहमहामन्त्री पूर्ण बहादुर खड्काको घरमा ढुङ्गामुढा गर्न खाजेपछि प्रहरलिे रोक्न खाजेको र त्यसपछि पनि नमानेपछि हवाई फायर र त्यसपछि गोलि चलाउन बाध्य भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यसअघि उनीहरुले त्यहाँका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, बन कार्यालय, स्वास्थ्य कार्यालय लगाएतका सरकारी भवनमा तोडफोड गरेका थिए ।
प्रदर्शनकारीले एमाओवादी, नेकपा एमालेको पार्टी कार्यालय र प्रहरीको भ्यानमा समेत आगजनी गरेका छन् । त्यसक्रममा उनीहरुलाई रोक्न खोज्दा प्रहरीसँगको दोहोरो झडपमा डिएसपी नमराज देवकोटा सहित आधा दर्शन प्रहरी र १ दर्जन प्रदर्शनकारी घाइते भएका थिए । उनीहरुले पार्टी कार्यालयका आवश्यक कागजाग जलाएका छन् । साथै तोडफोडबाट प्रशासन कार्यालयमा क्षति पुगेको छ ।