काठमाडौं । आइतबार मध्यराममा हुम्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । हेप्का नजिकै केन्द्र बनाएर ४ रेक्टरस्केल म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प राति १२ बजेर २१ मीनेट जाँदा गएको मापन केन्द्रले जनाएको छ ।

यसैबीच गोरखाका बलुवा नजिकैलाई केन्द्र बनाएर ४.९ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको छ । बिहान चार बजेर १५ मीनेट जाँदा पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वैशाख १२ गते गएको भूकम्पपछि अझै पनि त्यसका पराकम्पन जाने क्रम रोकिएको छैन् ।