२३ साउन, काठमाडौं । निकै लामो गलफत्तीपछि प्रमुख राजनीतिक दलहरुले सीमांकनसहितको ६ प्रदेशमा सहमति गरेका छन् । सहमतिपत्रमा शनिबार मध्यराति चार दलका नेताले हस्ताक्षर गरेका छन् । यसलार्इ राजनीतिक सहमति तथा सम्वाद समितिकाे बैठकले अनुमाेदन गरेपछि अाइतबार बस्ने संविधानभाकाे बैठकमा पेश गरिनेछ ।

६ प्रदेशकाे  सीमांकनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले हस्ताक्षर गर्न नमानेपछि उनलार्इ मनाउने प्रयास गर्दा रातकाे पाैने बाह्र बजेकाे थियाे । अन्ततः केही फरक मत सहित गच्छदारले सहमतिमा हस्ताक्षर गरेका छन् ।

सीमांकनमा भएको सहमतिमा हस्ताक्षर गरिसकेपछि फोरम लोकतात्रिकका अध्यक्ष विजय गच्छदारले संविधान निमाृणमा बाधक नबन्ने भन्दै केही असहमतिसहित हस्ताक्षर गरेको सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।
त्यस्तै प्रधानमन्त्री सुशील कोइरालाले उत्साही हुँदै अबको ८/१० वर्षमा मुलुकको कायापलट हुने दाबी गरेका छन् । सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले बैठकबाट निकास निस्किएको बताएका छन् ।

सीमांकनमा नेताहरु सहमतिमा पुगे पनि धर्मनिरपेक्षता, थ्रेस होल्ड र संवैधानिक अदालतको विषय टुंगो लागेको छैन । उच्चस्तरीय विशेष समितिकाे बैठकमा सहभागी भएका गच्छदारलार्इ फाेरम लाेकतान्त्रिकका सभासदहरूले हस्ताक्षर नगर्न दबाव दिएका थिए ।

राति अबेर बसेकाे सम्वाद समितिकाे बैठक सदस्यहरूले सहमतिपत्र अध्ययन गर्ने भन्दै अाइतबार ११ बजेसम्मका लागि स्थगित गरिएकाे छ । सम्वाद समितकाे बैठकले सहमतिलार्इ पारित गरी तयार पारेकाे प्रतिवेदन अाइतबार १ बजे बस्ने संविधानसभाकाे बैठकमा पेश गरिने बताइएकाे छ ।

यस्ताे छ सहमति

 

प्रदेश १ : मेची र कोशी अञ्चलका सबै जिल्ला

मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ
कोशी अञ्चलका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम संखुवासभा, र भोजपुर
सगरमाथा अञ्चलका सोलुखुम्बु, उदयपुर, ओखलढ्ंगा र खोटाङ

प्रदेश २ : पर्सादेखि सप्तरीसम्मका तराईका ८ जिल्ला

पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही

प्रदेश ३ : बागमती अञ्चलका सबै जिल्ला, नारायणी अञ्चलको मकवानपुर र चितवन तथा जनकपुर अञ्चलको सिन्धुली, दोलखा र रामेछाप

बाग्मती अञ्चल :  भक्तपुर, धादिङ, काठमाण्डू, काभ्रे, ललितपुर, नुवाकोट, रसुवा सिन्धुपाल्चोक

प्रदेश ४ : गण्डकी  र धवलागिरी अञ्चलका सबै जिल्ला र नवलपरासीको दाउन्नेदेखिको पूर्वी भाग

गण्डकी अञ्चल : गोरखा, कास्की, लमजुङ, स्याङ्जा, तनहुँ र मनाङ
धवलागिरी अञ्चल : बाग्लुङ, म्याग्दी, पर्वत र मुस्ताङ

प्रदेश ५ : राप्ती अञ्चलका सबै जिल्ला, लुम्बिनी अञ्चलका सबै जिल्ला र नवलपरासीको दाउन्नेदेखि पश्चिमको भाग र भेरी अञ्चलका बाँके र बर्दिया

लुम्बिनी अञ्चल : कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, गुल्मी र पाल्पा
राप्ती अञ्चल : दाङ, प्युठान, रोल्पा, रुकुम र सल्यान

प्रदेश ६ : सेती, महाकाली र कर्णाली अञ्चलका सबै जिल्ला, भेरीको सुर्खेत, जाजरकोट र दैलेख

कर्णाली अञ्चल : डोल्पा, हुम्ला, जुम्ला, कालीकोट र मुगु
सेती अञ्चल : कैलाली, अछाम, डोटी, बझाङ र बाजुरा
महाकाली अञ्चल : कन्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला