फ्रि भिसा र टिकटका विषयमा श्रम मन्त्रालयसँग भएको ३१ बुँदे सहमतिको कार्यन्वयनका लागि सरकार र व्यवसायी सम्मिलित ११ सदस्यीय कार्यदल गठन भएको छ।
गत साउन ८ गते भएको ३१ बुँदे सहमतिको कार्यान्वयनका लागि श्रम तथा रोजगार मन्त्रालयका सह–सचिव सुर्यनाथ श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष तथा कार्यदलका सदस्य कुमुद खनालले बताए।
कार्यदलमा वैदेशिक रोजगार व्यवसायी संघका तर्फबाट संघका अध्यक्ष विमल ढकालले नेतृत्व गर्ने महासचिव रोहन गुरुङले बताए। कार्यदलमा संघका  प्रथम उपाध्यक्ष कुमुद खनाल, द्धितीय उपाध्यक्ष हरि पाण्डे क्षेत्री, कोषाध्यक्ष प्रतिमा मर्हजन र सदस्य ईश्वर जिसी समेत रहेका छन्।
त्यस्तै वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनका लागि संघका महासचिव रोहन गुरुङ र संघका कानुनी सल्लाकार शम्भुहरि निरौलालाई पठाइएको खनालले बताए।
कार्यदलले सरकार र व्यवसायीबीच भएको ३१ बुँदे सहमति कार्यन्यनको लागि छलफल र संवाद सुरु गरिसकेको खनालको तर्क छ।
कार्यदलले ३ महिनाभित्रमा फ्रि भिसा फ्रि टिकटको निर्णयको विषयमा रहेको अन्यौल अन्त्य गर्ने समेत खनालको दाबी छ।