न्युजील्यान्डको साउथ आइल्याण्डस्थित वाइमेटीमा रहेको एभरेष्ट इन्डियन रेष्टुरेण्टमा आगो लाग्दा एकै परिवारका तीन जना नेपालीको जलेर मृत्यु भएको छ।
मृत्यु हुनेमा रेष्टुरेन्ट सञ्चालक ४९ वर्षीय तेज नारायण काफ्ले, श्रीमती टीका काफ्ले (३८) र छोरा प्रेम काफ्ले(९)को मृत्यु भएको हो।
सोही घटनामा परि घाइते भएका छोरीहरु तुलसा काफ्ले(२३), मनिषा काफ्ले (१६) र ममता काफ्ले (१२) को अहिले टिमरु हस्पिटलमा उपचार भैरहेको न्युजिल्याण्डबाट गैर आवासीय नेपाली संघका अध्यक्ष चक्र थापाले बताए।
नेपालमा गुल्मी घर भएका काफ्ने परिवार विगत ९ वर्ष अघिदेखि न्युजिल्याण्डमा रेष्टुरेन्ट ब्यवसाय गरेर बसेको थियो। रेष्टुरेन्टको माथिल्लो तल्लामा सुतिरहेको बेला बुधवार बिहान आगलागि भएको थियो। थापाका अनुसार अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने शव परीक्षण पछि आफन्तलाई बुझाउने बताईएको छ।