मारुति सुजुकिले आफ्नो नयाँ क्रसओभर कार ‘एस क्रस’ सार्वजनिक गरेको छ।
यसको मूल्य ८ लाख ३४ हजारबाट सुरु हुने र १३ लाख ७४ हजार भारतीय रुपैयाँसम्म पर्ने बताइएको छ।
‘एस क्रस’ लाई मारुतिको पहिलो प्रिमियम कार पनि मानिएको छ। मारुतिको यो क्रसओभर डिजेल इन्जिनमा मात्र उपलब्ध छ।
दुई डिजेल इन्जिनको विकल्पमा आउने यो कार मारुतिको सुजुकिको पहिलो कार हो। यसमा १.३ र १.६ लिटर डिजेल इन्जिन मोडल रहेका छन्। यसमा ६–स्पीड गियरबक्स रहेको छ।
मारुति ‘एस क्रस’ लाई सिग्मा, डेल्टा, जेटा र अल्फा गररे ४ संस्करणमा उपलब्ध गराइएको छ।
मारुतिको यो कारले हुण्डाइको क्रेटा, रेनो डस्टर, निसान टेरेनो र फोर्डको इकोस्पोर्टसँग प्रतिस्पर्धा गर्ने पनि बताइएको छ।
यो कारको लुक्समा ह्याचब्याक र एसयूभीको साझेदारी गरिएको छ र यसैकारणले यसलाई क्रसओभर भनिएको बताइएको छ।