काठमाडौं । भूकम्प प्रभावित नेपाललाई सहयोग जुटाउने उद्देश्यले मलेसियाको किनरारा ओभलमा आगामी आइतबार नेपाल र विश्व ११ बीच २० ओभरमा खेल हुँदैछ ।

विश्व ११ टीमको कप्तानी श्रीलंकाका जेलेन्ड सनथ जयसूर्याले गर्ने भएका छन् ।

मलेसिया क्रिकेट संघका अनुसार टोलीमा मालिंगा छैन । सुरुमा उनले ब्याट फर नेपाल अभियानको समर्थन गर्दै खेल्ने बताएका थिए ।

विश्व ११ मा पाकिस्तानका पूर्व विकेट किपर रसिद लतिफ, बंगलादेशका पहिलो टेष्ट कप्तान अमिनुल इस्लाम, अब्दुल रज्जाक, शोहाग गाजी, अष्ट्रेलियाका स्टिभ ओ’किफे, मार्कुस स्टाइनिस, मलेसियाका सुरेश नभरत्नम, अहमद फैज, वेणुगोपाल राव र सिंगापुरका चेतन सूर्यवंशी छन् ।

नेपालले टोली घोषणा गरेको छैन ।