बर्दिया। संविधानमा धर्म निरपेक्षताको खारेजी र हिन्दू राष्ट्रको माग गर्दै हिन्दु धर्म संरक्षण संघर्ष समितिलगायत विभिन्न धार्मिक संघ संगठनले गरेको बन्दका कारण मंगलबार बर्दियाको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण विहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् भने उद्योग धन्दा, कलकारखाना, विद्यालयतथा बजार बन्द छन् ।
वन्द आह्वानकर्ताहरु सडकमा नदेखिए पनि स्वतः स्फूर्त रुपमा बजार बन्द गरिएको व्यापारीहरुले बताएका छन् ।
संविधानको प्रारम्भिक मस्यौदामा ९० प्रतिशत जनताबाट नेपाललाई हिन्दु राष्ट्र बनाईनुपर्ने सुझाव आए पनि त्यसलाई बेवास्ता गरी दलहरु जनमत विपरित जान खोजेको भन्दै धार्मिक संघ संगठनहरुले विरोध गरेका हुन् ।
उनीहरुले धर्म निरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका छन् ।