न्युयोर्क, साउन १७ । अमेरिका आउनका लागि आफ्नो इज्जत लुटाउनुपर्ला भनेर मैले सपनामा पनि सोंचेकी थिइन ।’ नाम उल्लेख नगरिदिन अनुरोध गर्दै शेर्पा थरकी ३२ वर्षीय एकजना नेपाली महिलाले भक्कानिदै आफ्नो कथा सुनाउँदै भनिन् –‘अमेरिका आउने क्रममा बाटोमा पटकपटक बलात्कृत भएँ । मैले आफूलाई लाशजस्तै महसुस गरिसकेकी थिएँ । मैले म जीवितै छु भन्ने पनि विर्सिसकेकी थिएँ ।’
होण्डुरसको बाटो हुँदै मेक्सिकोबाट गैर कानुनी रुपमा अमेरिका छिर्ने क्रममा बाटोमा दलालहरूबाट पटकपटक बलात्कृत भएकी उनी न्युयोर्क आउँदासम्म २० हप्ताको गर्भ भइसकेको थियो । गर्भ कस्को हो भन्ने पनि थाहा थिएन । सपना अमेरिकाको थियो तर विपनामा पटकपटक बलात्कृत हुनुपर्यो। उनको कथा यति दर्दनाक थियो कि सुन्नेलाई मन थाम्न मुस्किल हुन्थ्यो ।
‘बलात्कारबाट बसेको गर्भ पेटमा बोकेर हिड्नुभन्दा आत्महत्या गर्नु वेश’ भन्ने ठानेर उनले आत्महत्याका लागि सुसाइड नोट लेखिसकेकी थिइन् । तर न्युयोर्कमा भेटिएकी एकजना नेपाली सामाजिक कार्यकर्ताले उनका लागि बाँच्ने आशा जगाइदिइन् । बलात्कारबाट बसेको गर्भ पतन गरेर नयाँ जिन्दगी सुरु गर्नका लागि सम्झाइबुझाई गरिन् ।ति नेपाली सामाजिक कार्यकर्ताले उनलाई गर्भपतनका लागि क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा लगिन् । तर अस्पतालले गर्भपतन गर्न मानेन ।
सामाजिक कार्यकर्ता भन्छिन् –‘गर्भ २० हप्ताको भइसकेको रहेछ, आमाको स्वास्थ्य अवस्था कमजोर भएकाले अस्पतालले गर्भपतन गर्न डरायो । अस्पतालले गर्भपतन गर्न नमानेपछि हामी अझ चिन्तित भयौं । उनले अमेरिका आउँदा भोग्नुपरेको पीडाका कारण कुनै पनि बेला आत्महत्या गर्न सक्ने खतरा थियो ।’
विभिन्न अस्पताल र प्राइभेट क्लिनिकहरू चहार्ने क्रममा क्वीन्सकै एउटा प्राइभेट क्लिनिकले गर्भपतन गरिदिने सहमति जना तर १५ सय अमेरिकी डलर शुल्क लिएर । बल्लतल्ल अमेरिका आएकी उनीसँग १५ सयको त कुरै छाडौं, १५ डलर पनि थिएन । तर तिनै सामाजिक कार्यकर्ताको सहयोगमा रकम जुटाएर उनको गर्भपतन गरियो । अहिले उनी न्युजर्सीमा बेबी सिटिङको काम गर्छिन् । एसाइलमको लागि दिएको आवेदन अहिलेसम्म पेन्डिङ नै छ ।
‘यो एउटा भयानक सपना जस्तो लाग्छ । भैगो नसोध्नुस् त्यो विगतको कुरा । सम्झ्यो भने फेरी मर्न मन लाग्छ ।’ उनले यसो भनिरहँदा उनका आँखाबाट आँशुको धारा बगिरहेको थियो । नेपालमा उनका १० वर्षको छोरा र ८ वर्षकी छोरी श्रीमानको जिम्मामा छाडेर आएकी उनले आफ्नो यो पीडा श्रीमानलाई पनि भन्न सकेकी छैनन् । ‘कसरी भन्नु यस्तो कुरा श्रीमानलाई ? यस्तो कुरा थाहा भयो भने शायद श्रीमानले मलाई छोडिदिन्छन् । समाजमा कसरी मुख देखाउनु ?’ उनी भन्छिन् ।
पीडा
यी
महिलाको
मात्र
होइन,
मेक्सिकोको
बाटो
हुँदै
गैरकानुनी
रुपमा
अमेरिका
छिर्ने
क्रममा
अधिकांश
महिला
बलात्कार
र
यौन
दुर्व्याबहारको
शिकार
हुने
गरेको
एम्नेष्टी
इन्टरनेशनलको
रिपोर्टले
समेत
देखाएको
थियो
।
एम्नेष्टी
इन्टरनेशनलको
पछिल्लो
रिपोर्टमा
गैरकानुनी
रुपमा
अमेरिका
छिर्ने
क्रममा
मध्य
अमेरिकी
देशमा
आउँने
क्रममा
६०
प्रतिशत
महिला
बलात्कृत
हुने
उल्लेख
गरिएको
थियो
।
तर
फ्युजन
इन्भेष्टिगेसनले
अझ
पछिल्लो
रिपोर्ट
सार्वजनिक
गर्दै
८०
प्रतिशत
महिला
बलात्कारको
शिकार
हुने
दावी
गरेको
छ
।
बलात्कृत
नेपाली
महिला
भन्छिन्
–‘
म
मात्र
होइन,
हामीसँगै
आउने
अरु
महिला
पनि
बलात्कृत
भए
।
कतिपयले
दलाललाई
पैसाको
साटो
शरीर
सुम्पे
भने
कतिपय
जर्बजस्ती
बलात्कृत
भए
।
लठ्याउने
औषधी
सुघाएर
समेत
उनीहरुले
बलात्कार
गरे
।’
अध्यागमन सम्बन्धि विषयमा विज्ञ न्युयोर्कका चर्चित कानुन व्यवसायी बासु फुलारा भन्नुहुन्छ –‘अमेरिका छिर्नु अगाडि एकठाउँबाट अर्को ठाउँमा जाने क्रममा पैसा भएमा दलालहरुले खासै दुख नदिने तर पैसा नभएमा अनेक खालका यातना दिने र शोषण गर्ने गरेका घटनाहरु छन् । मेक्सिकोको बाटो हुँदै आउँदा कतिपय दलालहरुले पैसा नपुगेको भन्दै जंगलमा नै छाडिदिने, मेक्सिको क्षेत्रमा नै लागुपदार्थको ओसारपसारमा समेत लगाउने, यौन दुर्व्याबहार गर्ने गरेका घटनाहरु पनि छन् । नेपाली महिला पनि त्यो जोखिम पार गरेर आउँछन् ।’
अमेरिका छिर्ने क्रममा सबै महिला भने बलात्कृत हुँदैनन् । कतिपय नेपाली महिलालाई सँगै आउने नेपालीहरुले नै संरक्षण गरेर ल्याउने गरेका समेत प्रसस्त उदाहरणहरु छन् । मेक्सिको बाटो हुँदै अमेरिका छिरेका अधिकारी थरका एक युवा भन्छन् –‘हाम्रो समूहमा आएकी एकजना ल्याटिनो महिलासँग दलालले यौनसम्पर्क गर्थे । ति महिलाले अमेरिका आउनका लागि दलाललाई पैसाको साटो शरिर सुम्पेको जस्तो देखिन्थ्यो । तर हाम्रो समूहमा आउने नेपाली महिला भने बलात्कृत भएको हामीले थाहा पाएनौं ।’
त्यस्तै मेक्सिको हुँदै अमेरिका छिरेका केसी थरका अर्का युवाले भने –‘हाम्रो समूहमा एकजना महिला थिइन् । हामीसँग भेट हुनु अगाडि उनीसँग दलालले यौन दुर्व्याबहार गरेका रहेछन् । हामीसँग भेट भइसकेपछि पनि बाटोमा दलालले उनीमाथि यौन दुर्व्याबहार गर्न खोजे तर मैले उनलाई आफ्नै श्रीमति भनेर बचाएर ल्याएँ । श्रीमति भनेपछि दलालले यौन दुर्व्याबहार गरेनन् ।’ मेक्सिकोको बाटो हुँदै अमेरिका आउने नेपाली महिला बलात्कार वा यौन दुर्व्याबहारको शिकार भएपनि उनीहरुले त्यो कुरा बताउँन चाहँदैनन् । बताएपनि बलात्कारीमाथि कारवाही हुने वा आफूले न्याय पाउने कुनै सम्भावना नहुने भएकाले उनीहरुले आफूमाथि भएको दुर्व्याबहार गुपचुप नै राख्छन् । केसी भन्छन् –‘विचराहरु बताउन् पनि कसरी ? बतायो भने आफ्नै बेइज्जत हुन्छ । नेपालमा रहेका घरपरिवारले बलात्कारीलाई होइन, बलात्कृत हुनेलाई नराम्रो नजरले हेर्न थाल्छन् । बताएर के फाइदा ?’
कानुन व्यवसायी फूलारा भन्नुहुन्छ –‘त्यसरी आउँदा बलात्कृत भएको भएपनि नेपाली महिलाहरुले त्यो कुरा बताउन चाहँदैनन् । उनीहरु आफूमाथि परेको समस्या बताउन अप्ठ्यारो मान्छन् । तर मानवअधिकारको रिपोर्टहरु अध्ययन गर्दा कैयन महिला बलात्कृत हुनुपरेका घटना सुन्ने गरेका छौं । बलात्कृत भएपनि नभएपनि नेपाली महिलाले मेक्सिको हुँदै अमेरिकाआउने क्रममा थुपै खाले जोखिम पार गर्नुपर्नेमा कुनै शंका छैन । कैयन देशहरु पार गरेर आउनुपर्ने भएकाले र एउटै देशमा पन्ध्रबीस दिन बस्नु पर्ने भएकाले पैसा नपुगेको खण्डमा वा अन्य अवस्थामा दलालहरुबाट यौन शोषणमा पर्ने जोखिम अत्याधिक रहन्छ ।’
स्रोत महिला खबर