एजेन्सी । अविरल बर्षासँगै आएको पहिरोका कारण भारतमा २० जनाको मृत्यु भएको छ ।पूर्वोत्तर भारतको मणिपुर राज्यमा मूसलधारे पानीका कारण पहिरो आएको जनाइएको छ ।

गुवाहाटीका स्थानिय पत्रकार दिलीप कुमार शर्माका अनुसार चंदेल जिल्लामा पहिरोमा परिमानिसहरुको मृत्यु भएको पुष्टि भएको हो ।पहिरोका कारण पूल तथा सडक समेत भत्किएका कारण उद्धार तथा राहतमा समेत समस्या परेको जनाइएको छ ।