पोखरा। अविरल वर्षापछिको पहिरोले कास्कीका भदौरेतामागी र लुम्ले गाविसमा आएको पहिरोमा परी २० जनाको ज्यान गएको छ। पहिरोमा १८ जना बेपत्ता भएका छन्। कास्कीका डीएसपी केदार रजौरेका अनुसार भदौरेतामागिमा ५ र लुम्लेमा १५ गरी २० जनाको मृत्यु भएको छ। भदौरेतामागीमा ४ जना र लुम्लेमा १४ जना बेपत्ता रहेको रजौरेले जानकारी दिए। घाइते ३ जनालाई उपचारका लागि पोखरा पठाइएको छ।
प्रहरीका
अनुसार
भदौरेतामागीमा
मृत्यु
हुनेमा
६५
वर्षीय
टीकाराम
विक,
५५
वर्षीया
रामुकुमारी
विक,
३१
वर्षीया
गौरी
पराजुली,
७
वर्षीय
करण
पराजुली,
र
६५
वर्षीया
नन्दकली
पराजुली
छन्।
पोखरा-बागलुङ राजमार्गसँग जोडिएको लुम्ले जाने मार्गसमेत पहिरोले अवरुद्ध हुँदा समस्या भएको छ।