एजेन्सी । कुनै समय रियल लाइफका जोडी रणवीर कपुर र दिपिका पादुकोणको रिल लाइफ पनि निकै जमेको थियो । तर रणवीरको मनमा दिपिकाको ठाउँ क्याट्रिना क्याफले लिएपछि यी दुईबीचको रियल लाइफको सम्बन्ध त सकियो नै रिल लाइफमा समेत आक्कल झुक्कल मात्र देखिन थाल्यो । ब्रेकअपसँगै रणवीर कपुरको करियर ओरालो लाग्यो भने उता दिपिकाको फिल्मीग्राफ उकालो लाग्दै गयो र आज उनी बलिउडको नम्बर वान नायिका मानिन्छिन् ।
ब्रेक अपपछि ये जवानी दिवानीमा सँगै देखिएका रणवीर र दिपिकाको उक्त फिल्म पनि सफल भएपछि कुरा काट्नेहरुलाई अझ बल मिल्यो । हाल प्रेमी रनवीर सिंहसँग भटाभट फिल्म खेलिरहेकी दिपिका पादुकोणले यो वर्ष भने फेरि उनै पूर्वप्रेमी रणवीर कपुरसँग नयाँ फिल्म खेलेकी छिन् । इम्तियाज अलिले निर्देशन गरेको यो फिल्मको नाम ‘तामाशा’ हो । तमाशाको स्टिल फोटोहरु मंगलबार सार्वजनिक भएपछि यो फिल्मसँगै रणवीर र दिपिकाको पनि चर्चा सुरु भएको छ ।
रणवीरले इम्तियाज अलिको ‘रकस्टार’मा अभिनय गरेका थिए भने दिपिकाले ‘लभ आज कल’मा ।