काठमाडौं । अनिल मण्डलको शतक  र तेस्रो विकेटका लागि कप्तान पारस खड्कासँग गरेको १३९ रनको साझेदारी बावजुद विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो रोमाञ्चक खेलमा नेपाल स्कटल्यान्डसँग तीन रनले पराजित भएको छ।

वर्षाका कारण ३६ ओभरमा घटाइएको खेलमा टस जिती नेपालले फिल्डिङ रोजेको थियो।  स्कटल्यान्डले नेपाललाई २३६ रनको ठूलो चुनौति दियो। यसमा कप्तान मोमसेनको ४ छक्का र ५ चौकासहित ६२ बलमा ७८ रनको योगदान थियो। उनलाई सोमपाल कामीले बोल्ड गरे। त्यस्तै सिडी डे लान्गेले ४१ बलमा ५५ रनको पारी खेले।

१०१ रन बनाउँदा ५ विकेट गुमाएको स्कटल्यान्डले छैटौँ विकेटका लागि ११३ रनको साझेदारी गर्‍यो। छैटौँ विकेट गुमाउँदा स्कोरबोर्डमा २१४ रन भइसकेको थियो।

पारस खड्का र वसन्त रेग्मीले २-२ विकेट लिए भने सोमपाल कामी र करण केसीले १-१ विकेट लिए। शक्ति गौचनले कुनै विकेट लिएनन् तर सबभ्दा किफायती बलिङ उनैले गरे। सात ओभर बलिङ गरेका गौचनले ३६ रन दिएका थिए।

जवाफमा ठूलो लक्ष्यका साथ ब्याटिङमा उत्रेको नेपालले अन्तिम ओभरसम्मै संघर्ष गर्‍यो। महेश क्षेत्री र अनिल मण्डलले लिस्ट ‘ए’ म्याचमा पहिलो विकेटका लागि सबैभन्दा ठूलो साझेदारी ४४ रनको गरे। महेश ३९ बलमा २१ रन बनाएर आउट भए भने ज्ञानेन्द्र मल्ल २४ बलमा १८ रन बनाएर आउट भए।

लिस्ट ‘ए’ मा शतक बनाउने पहिलो खेलाडी अनिल मण्डल  कप्तान पारस ७७ रनमा आउट भएका थिए। पारस खड्का लिस्ट ‘ए’ मा तीन अर्धशतक बनाउने नेपालको पहिलो खेलाडी बने।

पारस र अनिल आउट भए पनि सोमपाल कामीले अन्तिम ओभरसम्म नेपालको आशालाई कायम राखेका थिए।

अन्तिम ओभरमा नेपाललाई १७ रन आवश्यक थियो। पहिलो बलमा अनिल आउट भए। दोस्रो बलमा प्रदीप ऐरीले १ रन लिए। तेस्रो बलमा सोमपालले छक्का प्रहार गरेपछि नेपाललाई अन्तिम तीन बलमा जितका लागि १० रन आवश्यक थियो। तर दुई बलमा एक/एक रन मात्रै बन्यो। अन्तिम बलमा सोमपालले चौका हानेपछि खेल स्कटल्यान्डले ३ रनले जित्यो।

नेपालले अब स्कटल्यान्डसँग यो राउन्डको अर्को खेल शुक्रबार खेल्नेछ।

Nepal innings (target: 236 runs from 36 overs) R M B 4s 6s SR
View dismissal MK Chhetri c Berrington b Main 21 42 39 1 0 53.84
View dismissal AK Mandal c Berrington b Evans 100 152 93 9 1 107.52
View dismissal G Malla c Coetzer b de Lange 18 26 24 2 0 75.00
View dismissal P Kadka* c Berrington b Main 70 75 55 4 2 127.27
View dismissal S Vesawkar run out (Sharif) 0 2 0 0 0
PS Airee not out 4 7 3 0 0 133.33
Sompal Kami not out 11 3 3 1 1 366.66
Extras (lb 2, w 5, nb 1) 8
Total (5 wickets; 36 overs) 232 (6.44 runs per over)