१० साउन, काठमाडौं । वर्ल्ड र्याङकिङ इभेन्टअन्तर्गत जेयुए क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा नेपालकी फुपुल्हामु खत्रीले कांस्य जितेकी छन्।
मकाउमा
जुलाई
२४
देखि
२६
तारिखसम्म
भएको
च्याम्पियनसिपको
राउन्ड
रोविन
लिगमा
फुपुले
चाइनिज
ताइपेईंकी
टी.
पानलाई
पराजित
गर्दै
कांस्य
जितेको
नेपाल
जुडो
संघका
अध्यक्ष
दीपकहर्ष
वज्राचार्यले
जनाएका
छन।
फुपुले
महिलाको
६३
केजीमुनि
तौलसमूहमा
प्रतिस्पर्धा
गरेकी
थिइन्।
त्यसमा
स्पर्धामा
नेपालसहित
चार
राष्ट्रका
खेलाडी
सहभागी
थिए।
मंगोलियाकी
खेलाडी
पहिलो
र
चीनकी
खेलाडीले
दोश्रो
स्थान
हात
पारे।
यसअघि
हङकङमा
जुलाई
१७
देखि
१८
तारिखसम्म
भएको
सोही
च्याम्पियनसिपअन्तर्गत
फुपुले
रजत
जितेकी
थिइन्।
अध्यक्ष
बज्राचार्यका
अनुसार
फुपु
र
प्रशिक्षक
ओलम्पियन
देबु
थापा
बुधबार
स्वदेश
फर्किदै
छन्
।