एजेन्सी । यमनमा जारी हुती विद्रोह नियन्त्रण गर्न भन्दै परिचालित साउदी अरब नेतृत्वको गठबन्धन सेनाले पाँच दिने युद्धविरामको घोषणा गरेको छ ।
यमनको ताइज सुबे राज्यमा गरिएको हवाई आक्रमणमा सर्वसाधारण मारिएपछि साउदी अरबले युद्धविरामको घोषणा गरेको हो ।
यसबाट यमनी नागरिकलाई केही समय भएपनि राहत पुग्ने साउदी सरकारको दावी छ । यद्धपि यमनमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको आक्रमणको विरोध भइरहेको छ ।
यमनी राष्ट्रपति मंसुर हादीको आग्रह अनुसार साउदी अरबका बादशाह शाह सलमान युद्धविराम गर्न तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।