मकवानपुर साउन ९। देश पुर्ननिर्माणको लागि अगि बढिरहदा मकवानपुर उत्तरीभेगको थाहा नगरपालिका वडा नं १२ का स्थानिय बासिन्दाहरु वडा नागरिक मञ्चको पुर्नगठन गर्न कम्मर कसेर लगिपरेका छन् । थाहा नगरपालिकाका अन्य १३ वडा बासिहरुले राहातका सम्पूर्ण सहयोग पाएपनि यस वडा नं १२ का बसिन्दाहरुले भुकम्प पीडित पहिचान पत्र समेत प्राप्त गरेका छैनन् । यस वडा नगारिक मञ्चका पूर्व संयोजक सानुकाजी गोपालीको मानोमानी तरिकाको तथ्याङका पेश गरेकाले वास्तविक पीडितले राहत नपाएका स्थानिय बासिन्दाको गुनासो छ। वडा नगारिक मञ्चका अन्य २४ जना सदस्यहरुबाट संकलित तथ्याङकहरुलाई पनि परिमार्जित गरि आफ्ना आफन्त तथा स्थानिय राजनैतिक दलका सहयोगीहरुका हितमा तथ्याङक वडा कार्यलयमा संयोजक सानुकाजी गोपालीले पेश गरी जनही, रेडक्रस सोसाइटी बाट नगद रु. १५००० र अन्य रु. १५००० बराबरको अवश्यक सामाग्री, विश्व खाद्य संस्था बाट प्राप्त राहत सोरुप नगद रु. ८००० वितरण गरिएको । वितरण क्रममा वस्तविक पीडितका नाममा आएका राहत समाग्रीसमेत पूर्व संयोजकले आफ्ना सहयोग व्यक्तिहरुलाई प्रदान गरेको स्थानियको भनाई छ । रेडक्रस सोसाइटी मकवानपुर उपशाखाका सभापति महेश्वर सुवेदीको भनाईमा, चाहिएको भन्दा बढी  रेडक्रस सोसाइटीले कार्ड साथै राहत वितरण गरेको र राजनैतिक खिचतानिले गर्दा यो परिस्थिति आएको बताए । ४२५ घरधुरी भएका यस वडामा ५८ घर पुर्ण क्षती र १०८ घर अंशीक क्षती भएको छ । राज्य तथा दातृनिकायबाट आएका राहत वास्तविक पीहितहरुले केही नपएपछि वडा नं १२ का बासिन्दा तथा वडा नगारिक मञ्चका २४ जना सदस्यहरुसमेत बाट कोषाध्यक्ष टुलुमाया गोपलीको नेतृत्वमा मिति २०७२ साल आषढ ३१ गते सुयक्त निवेदनमा वडा नागरिक मञ्चको पुर्नगठन गरी पाउँ भनी वडा कार्यलयमा पेश गरी आज मिति २०७२ साल साउन ९ गते रामप्रसाद गोपालीको संयोजकतामा २७ सदस्य वडा नागरिक मञ्च गठन गरियो । यस नयाँ वडा नागरिक मञ्च गठन सँगै वास्तविक भुकम्प पीडितले राहत पाउने आशा राखेका छन् तर वितरण गरिसकेको राहत सामाग्री वास्तिक पीडित सम्म पु¥याउन सरोकारवाल निकायबाट कस्तो पहल हुन्छ त्यसको केही जनकारी छैन । स्थानिय बासिन्दको भनाई अनुसार पूर्व संयोजक सानुकाजी गोपाली राजनैतिक पहोचकै कारणले गर्दा यस्तो फोहोरी खेल खेलेको बताउछन् । राहत वितरण गरेरमात्र राज्य तथा दतृनिकायको दायित्व पुरा हुदैन त्यो वास्तिविक पीडित समक्ष पुगेनपुगेका निरक्षण गनुपर्ने देखिन्छ । विदेश सहयोग र राज्यबाट दिएको सहयोग नपाएपछि थाहा नगरपालिका–१२ का वास्तविक भुकम्प पीडित यस साउने झरीसमेत पालमुनि बस्न बाध्य छन् ।