९ साउन, काठमाडौं । प्रमुख चार राजनीतिक दल साउन २५ गते संविधान जारी गर्न सहमत भएका छन् । कांग्रेस, एमाले, एमाओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका शिर्ष नेता शुक्रबार बालुवाटामा यस्तो समझदारीमा पुगेका हुन् ।
अध्यक्ष सुवास नेम्वाडसँग शनिवार छलफल भएपछि संविधानसभाको यससम्बन्धी कार्यतालिका औपचारिक रुपमै घोषणा हुने भएको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले साउन २५ को तिथिमा समझदारी भएको बताए । मोटामोटी २५ गते भन्ने आए पनि सभामुखसँग छलफल गरेपछि कार्यतालिका तय हुन्छ, पौडेलले भने साउन २५ भन्दा पछि कांग्रेसको महाधिबेशनका कारण संभव छैन ।
कांग्रेसले बालुवाटारको बैठकमा बजेट पारित र संविधान जारी गर्ने काम संगसंगै अघि बढाउनु पर्नेमा जोड दिएको थियो ।पार्टीको महाधिबेशनमा सवै नेताहरु खट्टिनु पर्ने भएकोले त्यसो गरिनुपर्ने कांग्रेसको तर्क छ ।