७ साउन, काठमाडौ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले आयरल्याण्डमा जारी टी–२० विश्वकप छनौट अन्तरगत अफगानिस्तान र हङकङबीचको खेलको अनुसन्धा गर्ने भएको छ ।मंगलबार हङकङले अन्तिम ओभरमा अफगानिस्तानमाथि ५ विकेटको सनसनीपूर्ण जित दर्ता गर्दै लगातार दोस्रो पटक विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।

सो खेलमा शंकास्पद रुपमा बाजी लगाएको भन्दै आइसीसीको भ्रष्टाचार तथा सुरक्षाको जिम्मेवारी हेर्ने निकाय (एसिएसयु) ले अनुसन्धान गर्न लागेको हो ।एसिएसयुले बाजी लगाउने केही ठूला फार्मसँग सोधखोज गरिने जनाएको छ । एसिएसयुका अनुसार पहिलो चरणमा बेटफेयर केटिङ फार्मसँग सोधखोज गरिने जनाएको छ ।

एसिएसयुका अनुसार पहिलो चरणमा बेटफेयर केटिङ फार्मसँग अनुसन्धान हुनेछ । आइसीसीको पछिल्लो निर्णयले हङकङ समर्थकलाई दुःखी तुल्याएको छ ।पहिलो प्लेअफमा हङकङसँग पराजित भएको अफगानिस्तानको पनि विश्वकपमा छानिने सम्भावना सकिएको छैन । दोस्रो प्लेअफमा अफगानिस्तानले बिहीबार पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ ।