५ साउन, काठमाडौं । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको ठाडो निर्देशनमा विदाको दिन श्रम विभाग अन्तर्गतका सबै कार्यालय आज पनि खुलेका छन् ।
ताहाचलस्थित अन्तिम स्वीकृती र पूर्व स्वीकृती दिने कार्यालय र तिनकुने स्थित श्रम विभागको कार्यालय आज पनि खुलेको श्रमग्राम ताहाचलका सह सचिव विश्व प्रकाश सुवेदीले बताए।
हिजो पनि ती कार्यालय खुलेका थिए ।  बन्दमा पनि ती कार्यालय खोलिने उनले बताए। विदेश जान लागेका कामदारहरु समस्या नपरोस भन्ने हेतुले विदाका दिनमा पनि ती कार्यालय खोल्न निर्देशन दिएको मन्त्री गुरुङले बताए ।
सार्वजनिक विदामा पनि श्रमग्राममा अन्तिम स्वीकृत लिनेको सङ्ख्या उल्लेख रहेको उनले जानकारी दिए।  सोमबार मात्र १४ दिन सम्म बन्द रहेको ३७ वटा म्यानपावरले समेत ३ सय ३१ जनाको अन्तिम स्वीकृत लिएका छन्।
त्यस्तै व्यक्तिगत रुपमा १ सय ६३ जनाले समेत अन्तिम स्वीकृत लिएका सुवेदीले जानकारी दिए। अन्तिम स्वीकृतकै कामले गर्दा पूर्व स्वीकृतको काम भने हुन नसकेको उनले बताए।