५ साउन,गोरखा। लाप्राकका भूकम्पपीडितलाई बाँड्ने क्रममा कुहिएको भेटिएपछि फिर्ता ल्याइएको चामल विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सोमबार नष्ट गरेको छ । डब्लुएफपीको भण्डार तथा वितरण केन्द्र देउराली–५, स्थित मझुवाको गोरखकाली रबर उद्योगको चौरमा खाल्डो खनेर चामल गाडिएको हो । सबै प्रक्रिया पूरा गरेपछि सडेको चामल नष्ट गरिएको केन्द्रका प्रमुख सुवास सिंहले बताए । १ सय २० बोरा चामल नष्ट गरिएको जानकारी उनले दिए ।

‘बिग्रेको चामल चाँडै नष्ट होस् भनेर नुन पनि राखेका छौं,’ उनले भने । जेठ मसान्तमा वितरणका लागि लाप्राक पुर्याइएको चामल कुहिएको भेटिएपछि असार १७ मा फिर्ता गरी भण्डार केन्द्रमा राखिएको थियो  छ ।