मुम्बई । अभिनेत्री करिना कपुर खानले आफू दुई-तीन वर्ष अझै आमा नबन्ने बताएकी छन्। सन् २०१२ मा बलिउड सैफ अलि खानको दोस्री पत्नी बनेकी करिनाले तत्काललाई आमा बन्ने कुनै योजना नभएको बताएकी हुन्। ‘बजरगीं भाइजान’को सफलताबाट हौसिएकी करिनाले भनिन्, ‘ तत्काल त्यसको योजना छैन। म त्यसबारे स्पष्ट छू। म एक दिन अवश्य आमा बन्छु तर आगामी दुई-तीन वर्ष आमा बन्दिन। त्यसका बारेमा मैले अहिले नै केही सोचिसकेको छैन्।’एजेन्सी