एजेन्सी । उमेरले झण्डै ७० नाप्न लागिसक्दा पनि भारतीय अभिनेता रजनीकान्तको जोश,स्टारडम भने उस्तै छ । हरेक फिल्ममा चर्चामा रहेका अभिनेत्रीहरुसँग पर्दामा रोमान्स गर्न रुचाउँने अभिनेता पनि मानिन्छन् उनी । यसैक्रममा रजनीकान्त अहिले आफ्नो १५९ औं चलचित्रको तयारीमा जुटेका छन् । जब उनले नयाँ चलचित्र घोषणा गर्छन् तब उनको अभिनेत्री को हुने हुन् भन्ने कौतुहलता पनि बढ्न थाल्छ । यसपटक पनि चल्तीका कुनै अभिनेत्रीलाई लिने अनुमान विपरित रजनीकान्तले दक्षिण भारतीय अभिनेत्री राधिका आप्टेलाई लिने भएका छन् ।
राधिका केही समय पहिला नांगो तस्बिर सार्वजनिक भएपछि विवादित बनेकी अभिनेत्री हुन् । विवादका वावजुद पनि राधिकाले सुपरस्टार रजनीकान्तको नयाँ फिल्ममा अभियन गर्ने अवसर पाएकी हुन् । उनले दक्षिण भारतीय फिल्म ’धोनी’ र ’लेजेण्ड’ मा काम गरिसकेकी छिन् । फिल्मको नाम तय नभएपनि फिल्मको शुटिङ भने आगामी अगस्टमा मलेसियामा सुरु हुने छ ।
फिल्मको निर्देशन स्वंय रजनीकान्तले गर्ने छन भने रजनीकान्त फिल्ममा ग्यांगस्टारका भूमिका देखिने भएका छन् । अन्य कालाकारको भने तय भइनसकेको संचारमाध्यमले उल्लेख गरेका छन् ।