निजगढ
(बारा)
३
श्रावण
।
अन्तर्राष्ट्रिय
विमानस्थलबनाउन
प्रस्ताव
गरेको
वर्षौं
बितिसक्दा
पनि
काम
सुरु
नभएकाले
अन्योलमा
परेका
बाराको
टांगियाबस्तीका
बासिन्दा
यसपटकको
बजेटले
आफूहरूको
यथोचित
व्यवस्था
गर्ला
भन्ने
आशमा
थिए
।
तर
बजेटमा
विमानस्थल
निर्माणको
कुरा
पर्दैनपरेपछि
उनीहरूको
अन्योल
झन्
बढेको
छ
।
राष्ट्रिय
योजनाको
रूपमा
हेरिएको
विमानस्थलका
बारेमा
सरकारले
बजेटमा
सम्बोधनसमेत
गरेन
।
उच्च
प्राथमिकतामा
राखेको
बताउँदै
आएको
सरकारले
विमानस्थललाई
बजेटमा
सम्बोधन
नगर्दा
स्थानीय
निराश
बनेका
छन्
।
सरकारी
योजनाकै
कारण
बस्तीबाट
अन्यन्त्र
स्थानान्तरण
हुनुपर्ने
भएकाले
टांगियाका
बासिन्दा
वर्षौंदेखि
पूर्वाधारबाट
वञ्चित
हुँदै
आएका
छन्
।
यही
कारण
टांगियामा
विकास
निर्माणको
काम
ठप्प
छ
।
खानेपानी,
विद्युत्,
सडक
र
शैक्षिक
पूर्वाधार
विमानस्थलको
योजनाकै
कारण
बन्न
सकेको
छैन
।
यसपटकका
बजेटमा
विमानस्थल
नपरेपछि
यो
काम
सुरु
हुने
आशा
मरेको
उनीहरूले
बताएका
छन्
।
टांगियाबस्ती
सरोकार
समितिका
अध्यक्ष
रमेश
सापकोटाले
विमानस्थल
बनाउने
प्रस्ताव
अघि
सार्ने
सरकारले
बजेटमा
यसको
चर्चा
नै
नगर्दा
आफूहरू
आश्चर्यचकित
भएको
बताए
।
‘झन्
अन्योल
पो
थप्यो’,
उनले
भने,
‘विस्थापित
हुने
बस्तीमा
पूर्वाधार
निर्माणमा
खर्च
नगर्ने
भन्दै
सुविधाबाट
वञ्चित
गरिएको
छ,
वर्षौंदेखि
वैकल्पिक
व्यवस्था
गरेर
बसेका
छौं
तर
बजेट
हेर्दा
योजना
निर्माण
सुरु
होला
जस्तो
देखिँदैन
।
योजना
पनि
नबन्ने
अनि
सुविधा
पनि
नदिने,
कहिलेसम्म
यसरी
बस्ने
?
’
सरकारले
योजना
निर्माण
गर्नेनगर्ने,
प्रस्ट
पार्नुपर्ने
आफूहरूको
माग
रहेको
उनले
बताए
।
आफूहरूलाई
उचित
ठाउँमा
स्थानान्तरण
गरी
योजना
निर्माण
सुरु
गरेमा
आपत्ती
नरहेको
बताउँदै
लामो
सयमसम्म
अन्योलमा
नराख्न
आग्रह
गरे
।
‘वर्षौंदेखि
बस्दै
आएको
बस्ती
छोडेर
नयाँ
ठाउँमा
जानुपर्ने
कुराले
स्थानीयमा
सधैं
चिन्ता
छ
।
बन्ने/नबन्ने
ठेगान
छैन,
हल्लामात्रै
बढी
छ’,
उनले
भने,
‘विमानस्थल
बन्ने
भएमा
हामी
बस्ती
छाड्न
पहिल्यैदेखि
तयार
छौं
।
तर
सरकार
हामीलाई
हटाउन
पनि
तयार
छैन
र
सुविधा
पनि
दिँदैन
।’
एक
हजार
तीन
सय
घरधुरी
रहेको
टांगियाको
जनसंख्या
सात
हजारभन्दा
बढी
छ
।
निजगढ
विमानस्थल
भनिए
पनि
गढीमाई
नगरपालिका
१६
स्थित
टांगियाबस्तीको
बस्ती
हटाएर
विमानस्थल
निर्माण
गर्ने
सरकारी
योजना
छ
।
यो
बस्ती
पूर्वपश्चिम
राजमार्गबाट
तीन
किलोमिटर
दक्षिणतर्फ
करिब
१८
सय
बिघा
क्षेत्रफलमा
फैलिएको
छ
।
‘चर्चा
बढी
चलेकाले
यसपटक
राम्रै
बजेट
छुट्याएर
काम
चाँडै
थालनी
होला
भन्ने
सोचेका
थियौं
।
काम
सुरु
भए
हामीले
पनि
स्थानान्तरण
भएर
सरकारी
सुविधा
उपयोग
गर्न
पाउँथ्यौं’,
स्थानीय
कुलकुमारी
आलेले
भनिन्,
‘तर
बजेटले
विमानस्थल
त
के,
हामीलाई
हटाउने
बारेमा
पनि
सम्बोधन
गरेन
।
हामीलाई
झन्
समस्या
बढायो
।’
विमानस्थल
बन्ने
प्रस्तावकै
कारण
विद्यालय
भवन
नबन्दा
गाउँका
बालबालिका
माध्यमिक
तह
अध्ययन
गर्न
निजगढ
जानुपर्ने
बाध्यता
छ
।
जंगली
बाटो
हुँदै
सात
किलोमिटर
टाढा
रहेको
निजगढ
दैनिक
धाउनुपर्दा
बालबालिकामात्र
नभई
आफूहरू
पनि
सधैं
डराएर
बस्नुपरेको
आलेले
बताइन्
।
‘जंगली
हात्तीको
चहलपहल
हुने
ठाउँमा
छौं
।
जंगल
छिचोल्दै
गाउँका
बालबालिका
साइकल
लिएर
स्कुल
जान्छन्’,
उनले
भनिन्,
‘सरकारी
निकायले
गाउँमा
विद्यालय
बनाउँदैन
।
हामी
कहिलेसम्म
यसरी
बस्ने
?
’
विद्यालयमात्र
नभई
विद्युत्
नहुँदा
स्थानीयले
सोलार
प्रयोग
गरिरहेको
उनले
बताइन्
।
मध्यमवर्गीय
परिवारले
सोलार
जडान
गरे
पनि
दैनिक
ज्यालादारीमा
काम
गर्ने
परिवारको
जीवन
सधैं
अँध्यारोमा
बित्नेगरेको
उनको
भनाइ
छ
।
पानीको
सुविधा
नहुँदा
गैरसरकारी
संस्थाले
गाडिदिएको
चापाकलमा
दैनिक
घन्टौं
कुरेर
पानी
भर्नुपरेको
उनले
बताइन्
।
टांगियाकै
शंकर
थोकर
तामाङले
देशका
अन्य
विमानस्थलका
बारेमा
सम्बोधन
गरिरहेको
सरकारले
टांगियामा
प्रस्ताव
गरेको
विमानस्थललाई
बजेट
नछुट्याएर
आफूहरूलाई
अन्याय
गरेको
बताए
।
विमानस्थलको
काम
सुरु
भए
देशको
महŒवपूर्ण
योजना
अघि
बढ्नुका
साथै
वर्षौंदेखिको
पीडाबाट
आफूहरूले
मुक्ति
पाउने
उनको
भनाइ
थियो
।