काठमाडौं श्रावण २ । नेकपा माओवादीले साउन ८ गते नेपाल बन्दको घोषणा गरेको छ। संविधानसभाले जनविरोधी संविधानको मस्यौदा पारित गरेको र भारत र चीनबीच लिपुलेक सम्झौताको विरोधमा नेपाल बन्दको आयोजन गरिएको बताएको छ।

पार्टी प्रवक्त खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले शुक्रबार एक विज्ञाप्ति जारी सो घोषणा गरेका हुन। भरखरै भारत र चीन बीच भएको लिपुलेख सम्झौंता, देशमा बेलगाम मौलाएको भ्रष्टचार एवं कमिसन र जनविरोधी संविधानलाई रोक्न संघर्षको कार्यक्रम अनुसार नेपाल बन्द गर्न लागिएको विज्ञाप्तिमा भनिएको छ।

प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञाप्तिमा ‘भरखरै भारत र चीनबीच भएको लिपुलेक सम्झौंता, देशमा बेलगाम मौलाएको भ्रष्टचार एवं कमिसन, मजदुर, किसान, महिला, दलित, जनजाती, मधेशी, मुस्लीम, उत्पीडित क्षेत्रका जनता र राष्ट्रिय उद्यमी व्यवसायी विरोधी संविधानको मसौदा र नेपाली जनताको संकटग्रस्त जनजीवीका विरुद्धको जन संघर्षको प्रतिनिधित्व गर्ने संघर्षको कार्यक्रमको रुपमा हाम्रो पार्टीले आगामी श्रावण ८ गते नेपाल बन्दको आयोजना गरेको छ’, भनिएको छ।

भूकम्पले जनतालाई शोकाकुल बनाइरहेको मौका छोपी चार राजनीतिक पार्टीका केही नेताहरुले १६ बुँदे सहमति गरेर जबरजस्ता बलात संविधान निर्माणको जलप लगाउने दुश्साहस गरेको विज्ञाप्तिमा भनिएको छ।