एजेन्सी:  जापानमा आएको शक्तिशाली आँधीबाट २ जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । शुक्रबार बिहानै आएको उक्त आँधीका कारण सिकोकू टापुको ३ लाख ५० हजार जनालाई प्रभावित बनाएको बताईएको छ । जापान टुडेका अनुसार नागंका नामक उक्त आँधि रातभर चलेको थियो र त्यसको गति १८५ किलोमिटर प्रति घण्टा रहेको थियो । जापानको जल तथा मौसम बिभागले दक्षिणी जापानका बासिन्दालाई सजग रहन आग्रह गरेको छ । उक्त आँधिका कारण जापानको १७७ वटा आन्तरिक उडान रद्ध गरिएका छन् भने शुक्रबार दिनभर अन्य उडानहरु पनि प्रभावित हुनेछन् ।