३१ असार, कैलाली।  गएरातिदेखि परेको अविरल वर्षाका कारण कैलाली जिल्लाका अधिकांश भु-भाग डुवानमा परेका छन्।

कैलालीको थापापुर, जोशीपुर, पवेरा, पथरैया, वलिया, टीकापुर नगरपालिका र धनगढी नगरपालिकाका अधिकांश घरहरुमा पानी पसेको छ। डुवानका कारण टीकापुर नगरपालिका जलमग्न भएको छ भने धनगढी नगरपालिकाको एलएल चोक, शिवनगर, मिलनचोक मेनरोड लगायत अधिकांश भाग जलमग्न भएको छ।

जल तथा मौषम पूर्वानुमान शाखा अत्तरियाले जनाए अनुसार गएराति कैलालीमा १ सय १६ मिलिलिटर वर्षा भएको जनाएको छ।

वर्षापछि जमेको पानीका कारण यहाँका अधिकांश विद्यालयहरु बन्द भएका छन्। भारी वर्षाका कारण यहाँका मोहना, काँडा, पथरैया, कान्द्रा, कर्णाली नदीको जलस्तर बढेको छ भने मोहना नदीले खतराको संकेतलाई समेत नाघेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरे बताए।त्यस्तै वर्षासँगै आएको हावाहुरीले रूख ढलेका कारण विद्युत सेवासमेत अवरूद्ध भएको छ।