३० असार, काठमाडौ । नेपालमा बुधबार फेरि नयाँ भूकम्प गएको छ ।गत वैशाख १२ गतेको विनाशकारी ‘गोरखा’ भूकम्पपछि बुधबार दार्चुला केन्द्रविन्दु भएर नयाँ भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दार्चुला केन्द्र विन्दु भएर बुधबार विहानै नयाँ भूकम्प गएको हो ।
भूकम्पको धक्का ४ दशमलब १ रेक्टर स्केलको हो । दार्चुलाबाट पत्रकार नरेन्द्र कार्कीले जनाएअनुसार भूकम्पको धक्काले पुरै जिल्ला नै हल्लाएको थियो ।
पहाडी क्षेत्र भएकाले भूकम्पको धक्का अधिक कडा महसुस गरिएको केन्द्रले जनाएको छ । यसअघि सुदूरपश्चिमको बाजुरामा पनि नयाँ भूकम्पको धक्का महसुस गरिएको थियो ।