३० असार, काठमाडौ । मलेसियाको विभिन्न ठाउँका नजरबन्द शिविरमा रहेका दुई सय ५२ जना नेपालीलाई त्यहाँको दूतावासले स्वदेश फर्काएको छ ।
गएका वर्षभित्रमा मलेसियका विभिन्न निजी कम्पनीको सहयोगमा नेपालीलाई स्वदेश फर्काइएको दूतावासले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । दूतावासले मलेसियाका ७ वटा निजी कम्पनीको सहयोगमा नजरबन्द शिविरमा रहेका नेपालीलाई स्वदेश फर्काइको जनाएको छ ।
विभिन्न कारणले जेल परी सजाय काटेका दुई सय ५२ जना नेपालीलाई एक वर्षको अवधिमा स्वदेश फर्काइएको दूतावासले जनाएको छ । विभिन्न कारणले जेल सजाय काटिरहेका केही नेपालीहरु अहिले पनि स्वदेश फर्कन हवाइ टिकट नपाउँदा नजरबन्द शिविरमा नै दुःख खेपेर बसिरहेका छन् । यस्ता नेपालीलाई पनि सहयोगी निकाय वा दाताकोबाट हवाई टिकट सहयोग मागी नेपाल फर्काउने तयारी भैरहेको दूतावासले जनाएको छ ।
आफ्नो जेल सजाय कटाएर पनि एकतर्फी हवाइ टिकटको पर्खाइमा रहेका नेपालीका लागि टिकट खरिद गर्न सरकारसँग बजेट मागेको तर अहिलेसम्म पनि नपाएको दूतावासले जनाएको छ । सरकारी स्तरबाट आर्थिक सहयोग नपाएकाले निजी कम्पनीको सहयोग लिएको दूतावासले बताएको छ ।