काठमाडौं असार २७ । किर्तिपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बेलुकी फेरि परकम्प गएको छ।

परकम्प ३.३ म्गानीच्युडको भए पनि नजिकै केन्द्र भएकाले उपत्यकामा महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।

आइतबार बेलुक ६:३५ बजे यो परकम्प गएको केन्द्रले जनाएको छ। गत बैशाख १२मा गएको भूकम्पको परकम्प अझै गइरहेको हो।

यसअघि हिजो दिउँसो २:११मा पनि दोलखालाई केन्द्र बनाएर ४.४ म्याग्नीच्युडको भूकम्प गएको थियो।