मुम्बई । भारत सरकारको गुप्तचरसम्बन्धी मूख्य निकाय ‘रअ’ को एजेन्ट हुन पाएकोमा बलिउड नायिका सोनाक्षी सिन्हा निकै मख्ख परेकी छन् । उनी ‘रियल लाइफ’ मा नभएर ‘रिल लाइफ’ मा ‘रअ’ को एजेन्ट बन्दैछिन् ।

सोनाक्षीले शनिबार ट्वीटरमार्फत आफ्नो खुशी प्रकट गर्दै लेखेकी छन्,‘तपाईहरुका लागि मसँग एउटा खबर छ, मेरो आगामी चलचित्र फोर्स२ का लागि म को ‘रअ’ एजेन्ट बन्दैछु, यो भूमिकाप्रति म निकै उत्सुक छु ।’

यो चलचित्र सन् २०११ मा प्रदर्शित ‘फोर्स’ को सिक्वल हो । फोर्समा जोन अब्राहम र जेनेलिया डिसुजाको मूख्य भूमिका थियो ।

‘फोर्स–२’ मा पनि जोनलाई नै अभिनेताका रुपमा लिइएको छ । अभिनेतृमा भने सोनाक्षीले मौका पाएकी छन् ।

‘फोर्स’ कै निर्माता विपुल शाहले ‘फोर्स–२’ को निर्माणसम्बन्धी जिम्मेवारी सम्हालेका छन् ।-एजेन्सी