काठमाडौं असार २३ । क्रिष्टल फाइनान्स थापाथलीबाट १ करोड ६ लाख  रूपैयाँ कर्जा लिई  फरार रहेका एक जनालाई सिआइबीले पक्राउ गरेको छ । अछाम जुपु घर भएका रामचन्द्र तिमल्सिनालाई बानेश्वरबाट पक्राउ परेको सिआइबीले जनाएको छ ।
बैंकिक कसुरमा दोषी ठहर गर्दै पुनरावेदन अदालतले उनलाई ३ वर्ष कैद र १ करोड ६ लाख जरिवाना ठहर गरेको थियो ।
अनियमित तवरले करिब र ४ करोड ६ करोड कर्जा लिई दुरुपयोग गर्ने मध्ये उनी पनि रहेको सिआइबीले जनाएको छ । उक्त कर्जा चुक्ता समेत नगरी नगराई निक्षेपकर्ता, साहु, लगानीकर्ता, संस्था तथा बित्तीय प्रणालीलाई जोखिममा पार्ने कार्यमा संलग्न ब्यक्तिहरु मध्ये उनले नेपाल चर्चिल होटल लिमिटेड मा रहेको चर्चिल कम्पेलेक्स भवनको तेस्रो तलाका कवलहरु धितो राखी १ करोड ६ लाख ऋण लिएका थिए ।