२२ असार,काठमाडौं । ग्रीसको आर्थिक संकटपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ५६ डलर ५४ सेन्टमा झरेको छ । यो तीन महिना अघिको सबैभन्दा कम मूल्य हो ।
 अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि यसको प्रत्यक्ष फाइदा नेपाल लगायतलाई हुनेछ । ग्रीसले वेलआउट प्याकेज अस्विकार गरेपछि युरोपेली युनियनमा पर्ने देखिएको छ । ग्रीसको ऋण संकटले युरोपमै इन्धनको माग प्रभावित बनाउने विश्लेषकहरुले बताएका छन् । विश्लेषकहरुका अनुसार इरान र पश्चिम इरानवीचको आणविक सहमतिले थप तेल आपूर्ति भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि आयल निगमले आठ महिनाको अवधिमा झन्डै १७ अर्ब रुपैयाँ बक्यौंता तिरिसकेको छ ।