असार २२, रसुवा। रसुवाको डाडाँगाउँ–५ बास्तोलामा पहिरो गएपछि २० घर जोखिममा परेको छ । सिलाजितढुंगे भीरबाट निस्केको पहिरो वडा नम्बर ४ कुटुन्जे वस्तीमा पुगेपछि स्थानीयवासी घर छाडेर सोही वडाको दियालेमा बस्न थालेको स्थानीयवासी गौरव सापकोटाले बताउनुभयो । भुकम्पले धाजा फाटेका जमिनमा हालैको वर्षाले पहिरो जाने जोखिम बढेको छ ।