संविधानको मस्यौदामाथिको छलफलमा बोल्दै उनले पूर्ण सघीयतासहितको संविधान ल्याउनुपर्ने बताउँदै भने, नामांकन र सिमांकन पनि अहिले नै टुंग्याएर संविधान ल्याउनुपर्छ । नत्र नाम र सीमा बिनाको संघीयता राखेर ल्याइने संविधान अस्वीकार्य हुँदैन ।
निधीले आठ प्रदेशमा सहमति भए पनि प्रदेशको नाम र सीमाको विषयलाई थाँती राख्दा संघीयता खोक्रो भएको बताए।
संघीयतासहितको नाम र सीमाबिनाको आठ प्रदेश राखेर संविधान जारी गर्ने कांग्रेस सहितका चार दलले गरेको १६ बुँदे सहमतिविरुद्ध संविधानसभामा अभिव्यक्ति दिएका छन् ।
उनले संघीयताको सीमाबारे टुंगो लगाउन तत्कालै संघीय आयोग गठन हुनुपर्ने र त्यसको प्रतिवेदन संविधानसभामै पेस भएर छलफल हुनुपर्ने बताए । उनले संघीयता पूर्ण रुपमा टुंगो नलाग्दासम्म संविधानसभा विघटन गर्न नहुने बताए।
उनले सर्वोच्च अदालतले दिएको आदेश पनि ठीक रहेको टिप्पणी गरेका छन्। सर्वोच्चको आदेश अवज्ञा गरेर अघि बढ्नु राम्रो नहुने उनको सुझाव छ । उनले नागरिकतालगायत मधेसका महत्वपूर्ण मुद्दालाई संविधानले उपेक्षा गरेको बताए।