फिलिपिन्समा बिहीबार दिउँसो डुङ्गा पल्टिँदा ३६ जनाको मृत्यु भएको छ भने थप १९ जना हराइरहेका छन्।

किनारा नजिकै आइसकेको डुङ्गा समुद्रको मौसम बिग्रिएपछि पल्टिएको अधिकारीहरुले जनाएका छन्।  दुर्घटनामा परेको डुङ्गामा १७३ यात्री थिए, जसमध्ये ११८ जनाको जिवितै उद्धार गरिकएको छ।

उद्धार टोलीले थप मानिसहरुको उद्धारको प्रयास गरिरहे पनि उनीहरु जिवित भएनभएको यकिन हुन सकेको छैन्।