१७ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ४७ म्यानपावर कम्पनीहरुलाई कारबाही गर्न श्रम तथा वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको छ। ती म्यानपावरहरुकाे श्रम रोक्का भएको छ ।

ती म्यानपावरहरुले कामदारहरुसित गर्ने श्रम सम्झौता तथा विभिन्न कागजात नक्कली बनाएर ठगी गरेको अख्तियारले जनाएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कामदारसँग कम्पनीले तलव, सेवा, सुविधालगायतका सम्वन्धमा गर्ने सम्झौता म्यानपावर कम्पनीहरुले नक्कली बनाएको पाइएको थियो।
नियन्त्रणमा लिएका फाइलहरुमध्येबाटै उसले ४७ वटा म्यानपावरहरुलाई कारबाहीको लागि विभागलाई पत्र पठाई निर्देशन दिएको हो।

अख्तियारले कारबाहीको लागि सिफारिस गरेका म्यानपावर कम्पनीहरुमा अरोमा ह्युमन रिसोर्स, फ्यूचर लिंक इन्टरनेशनल, उपहार ह्यूमन कन्सल्ट, रारा इम्प्लोइमेन्ट कन्सल्ट, साउदी नेपाल रिक्रुमेन्ट, लिबर्टी एचआर कन्सल्ट, एनबी इन्टरनेश्नल, जिएस इम्प्लोयमेन्ट, सिटिजन्स ओभर्सिज, आस्था इन्टरनेसनल, अञ्जली ओभर्सिज, ग्राण्ड ओभर्सिज, कालिञ्चोक मेनपावर, एबीसी प्लेसमेन्ट, गल्फ म्यानेजमेन्ट, जब सर्च, योङ ओभर्सिज, रिजन ओभर्सिज, पर्देशी ओभर्सिज, अर्रोरा ओभर्सिज, लगायत ४७ कम्पनीहरु छन्।