१६ असार, काठमाडौं ।पाराग्वेलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेमाथि गोल बर्षा नै गर्दै सन् २००७ पछि पहिलो पटक कोपा अमेरिकाकपको फाइनलमा पुगेको हो ।

अर्जेन्टिनाका लागि खेलको १५ औं मिनेटमा मार्कोस रोजोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा पास्टेरोले अग्रता दोब्बर पारे ।बार्षिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीको पासमा रोजो र पास्तोरेले क्रमश १५ र २७ मिनेटमा गोल गरे ।

पहिलो हाफको ४३ औं मिनेटमा कासेरेसले पाराग्वेका लागि गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए । दोस्रो हाफमा झनै आक्रामक खेल खेलेको अर्जेन्टिनाले थप ४ गोल थप्यो ।

अर्जेन्टिनाका लागि एञ्जेल डि मारियाले ४७ र ५३ तथा सर्जियो अग्वेरोले ८० र ८१ औं मिनेटमा मैदान छिरेका गोन्जालो हिग्विनले लियोनल मेसीको पासमा  ८३ औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले चिलीसँगको फाइनल भेट पक्का गरेको हो ।