काठमाडौं, जेठ २५ ।सात वर्षको लामो प्रयत्नपछि प्रमुख चार दलका बीच संघीयताको आठ प्रदेशमा सहमति भएको छ ।निर्वाचन प्रणालीमा ६० प्रतिशत प्रत्यक्ष निर्वाचित हुने र ४० प्रतिशत समानुपातिक हुने दलहरुबीच सहमति भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार विहान बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा संघीय नेपालको संरचनामा आठ प्रदेश कायम गर्ने सैद्धान्तिक सहमति भए पनि प्रदेशको नाम र सीमा भने तोकिएको छैन ।नाम र सीमाको टुंगो लगाउन विज्ञहरुलाई सहभागि गरी आयोग बनाउने सहमति पनि भएको छ ।सोमबार नै साँझ बस्ने बैठकमा सहमतिलाई औपचारिक रुपमा टुंगो लगाउने बैठकपछि कानुनमन्त्री नरहरि आचार्यले जानकारी दिए ।