काठमाडौं,जेठ २४ – सरकारले भूकम्पपछिको आर्थिक अप्ठ्यारोसँग जुध्न व्श्वि बैंकसँग १० अर्ब १० करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ । प्राकृतिक विपत्तिमा परेपछि सहयोगका लागि दाताहरुसँग् आग्रह गरे पनि प्रतिवद्दताअनुसार सहयोग रकम आउन नसक्दा सरकारले विश्व बैंकसँग ऋण मागेको हो । अर्थमन्त्री डा. रामशरण महत र राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले संयुत्तः हस्ताक्षर गरी विश्व बैंकका अध्यक्ष जिम जोङ किमलाई जेठ १७ गते लेखेको पत्रमा नेपाललाई १० अर्ब १० करोड रुपैयाँ ऋण आवश्यक रहेको उल्लेख गरेका छन् ।